नयाँ सन्देश सहित गुणात्मक बिकासमा अगाडी बढ्ने नेपाली काङ्ग्रेस ओखलढुंगाको तयारी : सम्पर्क समितिबाट नयाँ सड्ढल्प गर्दै जिल्ला नेतृत्व !

नयाँ सन्देश सहित गुणात्मक बिकासमा अगाडी बढ्ने नेपाली काङ्ग्रेस ओखलढुंगाको तयारी : सम्पर्क समितिबाट नयाँ सड्ढल्प गर्दै जिल्ला नेतृत्व !

युबराज पहाडी
काठमाडौं । नेपाली काङ्ग्रेस ओखलढुंगा – काठमाडौ उपत्यका सम्पर्क समितिले नयाँ बर्ष 2081 को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । आज सम्पर्क सभापति खिलानाथ लुइँटेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै पुर्ब उपसभापति प्रकाशमान सिहले पार्टी जित्नको लागि हरेक तहका नेता कार्यकर्ताको एकता अनिबार्य रहेको बताए । उनले एकता बिना पार्टी मजबुत नहुने भएकाले एक जुट हुन आग्रह गरे ।
केन्द्रिय सदस्य रामहरि खतिवडाले पार्टीको आन्तरिक शक्ति बलियो बनाउने अभियानमा लाग्नुपर्ने बताए । उनले भने जनताले खोजेको समृद्धिका लागि भौतिक पुर्बाधार, शैक्षिक सुधार र स्वास्थमा पहुच पुर्याउने गरि आफुले काम गर्ने प्रण गरे । रबि लामिछाने विरुद्ध पार्टी लागेको छैन भन्दै उनले पार्टी सहकारी पिडितको न्यायको लागि लडेको उनले प्रष्ट पारे ।
पार्टी सभापति तेजेन्द्र खनालले ओखलढुंगाको ऐतिहासिक इतिहास जोगाउने गरि काम गर्न सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरे । आफ्ना गुनासा जिल्ला कार्यसमितिमा टेबुल गर्न छाडेर चिया पसल र सामाजिक सन्जालमा रमाउने गरेको प्रती हरेक नेतृत्वलाई चेतावनी दिए । महासमितिमा सहमति गर्ने अनि बाहिर बदनाम गर्ने नेता सुध्रिनु पर्ने बताए । पार्टी बनाउने प्रण आजबाटै हुनुपर्ने बताउदै लेबी नतिर्ने विरुद्ध 15 औं अधिबेशनमा उम्मेदवार हुन रोक्ने गरि पार्टीले आन्तरिक नीति बनाउने खनालले चेतावनी दिए ।
नेता बालकृष्ण दाहालले बिकासको मुल नफुटाएसम्म काङ्ग्रेसको गढ जोगाउन गार्‍हो हुने बताए । निराशाको बादल हटाउन पर्ने दाहालले प्रष्ट पारे ।
नेता गोमा केसीले काङ्ग्रेसको नेतृत्वमा गोलबद्व भएको काङ्ग्रेसको लाखौं मास जोगाउन नसक्ने नेताले पार्टी चलाउन नसक्ने बताईन । जिल्लाभर चर्चामा रहेको पैरे खोलाको पुलमा राजनीति नगर्न चेतावनी दिदै केही हप्तामा टेन्डर हुने पुलमा सहजीकरण गर्न प्रदेशमा प्रतिनिधित्व गर्ने सम्सदलाई आग्रह गरिन ।
नेता कुमार लुइँटेलले आन्तरिक चुनौती, बाह्य चुनौती र ब्यबस्ता जोगाउने चुनौती हामी माझ आएको बताए । चुनौतीको उत्तर खोज्न काङ्ग्रेस तयार छ त भन्ने प्रतिप्रश्न समेत उनले गरे । आगामी अधिबेशनबाट चुनौतीको सामना गर्न सक्ने नेतृत्वमा आउनु पर्ने लुइँटेलले बताए भने नयाँ बर्ष सगै नयाँ सोचको बिकास भए मात्र जिल्लाले थप समृद्धि हासिल गर्न सक्ने धारणा बोल्ने अधिकाश बक्ताले ब्यक्त गरेका थिए । शुभकामना आदानप्रदानको क्रममा सम्पर्क समितिले प्रकाशन गरेको भित्ते पात्रोको समेत बिमोचन गरिएको समितिका उपसभापति नरेन्द्र धमलाले जानकारी दिए ।
सम्पर्क समितिको आजको कार्यक्रमले जिल्लामा एकताबद्ध भएर लाग्ने प्रेरणा मिलेको अधिकाङ्श कार्यकर्ताले बताएका छ्न । कार्यकर्ताको एक मात्र उदेश्य पार्टी एकता होस भन्ने रहेको समेत सभापति लुइँटेलले बताएका छ्न ।