नेकपा एमाले ओखलढुंगा जिल्ला अधिबेशनको तयारीमा – अस्तित्वको लडाइँमा दुई समुह

नेकपा एमाले ओखलढुंगा जिल्ला अधिबेशनको तयारीमा – अस्तित्वको लडाइँमा दुई समुह

युबराज पहाडी / सुनकोशी ब्यूरो

काठमाडौं । नेकपा एमाले ओखलढुंगाको जिल्ला अधिबेशन यहि चैत्र 26 र 27 गते हुने भएको छ । जिल्ला अधिबेशनको समय नजिकिए सगै प्रभावशाली नेताहरुको चलखेल समेत सुरुभएको छ । जिल्ला अध्यक्षको लागि पार्टीका दुई खेमा यज्ञराज सुनुवार वा किसोर अधिकारी र अमीर गुरुङ समुहको छुट्टाछुट्टै दाबी रहेको हो ।

सुनुवार, अधिकारी समुहबाट हर्कबोल राईलाई अगाडी सारिएको छ भने गुरुङ समुहबाट शङ्कर कटवाललाई फेरि दोहोराउने तर त्यो संभावना नभए नानिबाबु बुढाथोकी वा ज्ञानबहादुर खड्का ( जिबी ) मध्ये एकलाई अगाडी सार्ने तयारी रहेको बुझिन्छ यधपी अध्यक्ष कटवालले आफू पुरानो ( अमिर ) समुहमा नरहने बताएको एक श्रोतले भन्यो । यज्ञराज, र अमिर समुहको अस्तित्वको लडाइ झन पेचिलो बन्दै गएकोले सहमतिको संभावना सकिएर चुनावी प्रक्रियामा महाधिवेशन जानसक्ने संभावना समेत रहेको छ ।

जिल्लाको निर्णायक शक्तिमा रहेका अर्का नेता किशोर अधिकारीको समुहले गर्ने निर्णय निर्णायक हुने भएकाले सुनुवार, गुरुङ दुबै समूह अधिकारीको नियमित छलफलमा रहेको बताईएको छ । अधिकारीले पार्टीलाई अहिले सम्म कुन नेताले के कस्ता योगदान गरेको हो त्यो हेरेर जिल्ला नेतृत्व छान्नुपर्ने अडान लिएको श्रोतको दाबी छ । यधपी सुनुवार र अधिकारी दुबैका नेता जिल्लामा सगसगै छ्न । जिल्लाको पछिल्लो शक्तिलाई हेर्ने हो भने यज्ञराज, किशोर, अमिर बिनाको नेकपा एमाले ओखलढुंगामा अपुरो समेत हुने एक नेताले बताए । उनले भने यदी नेकपा एमालेले जिल्लामा आफुलाई अब्बल साबित गर्ने हो भने सहमतिमा अधिबेशन सम्पन्न गर्न सक्नु पर्छ ।

सस्तो लोकप्रियताले अब ओखलढुंगाको राजनीति हुदैन भन्ने जमात अधिक रहेकाले कार्यकर्ताको भावना बुझिदिन समेत आग्रह छ एक नेताले भने ।
जिल्लामा नेताहरुको शक्ति सन्तुलन हेर्ने हो भने यज्ञराज वा किशोर समुहमा हर्कबोल राई, सकुन्तला राजभण्डारी, उत्तम राई, मणिराज राई, मोहन श्रेष्ठ, सिताराम गुरुङ, जालान्धर कार्की, टंकलाल गिरी, मोहन श्रेष्ठ, खड्क बहादुर कार्की, शेखर भट्टराई, अस्मिता थापा, सुमन घिमिरे, तिर्थ सुवेदी लगाएतका प्रभाबशाली नेता छ्न भने गुरुङ समुहमा इच्छा गुरुङ, जिबी खड्का, नानिबाबु बुढाथोकी, अशोक थापा लगाएत छ्न । जिल्ला अध्यक्ष शङ्कर कटवाल भने तथष्ट छ्न उनको निर्णय निर्णायक हुने सम्भावना छ एक नेताले भने ।

ओखलढुंगामा फेरि कम्युनिस्टको झन्डा उठाउने कि दलदलको भुमरीमा पार्टी पुर्याउने त्यसको अग्नि परीक्षा 26, 27 गतेको अधिबेशनले तय गर्ने छ । यो अधिबेशनबाट अस्मिता थापा, सुमन घिमिरे, जालन्धर कार्की चर्चामा आउने छ्न ।

राजनीतिमा लामो समय बिताएका, सङ्गठनमा काम गरेका, पार्टी बुझेका जस्ले पनि जिल्लाको नेतृत्व गर्न सक्छ तर पार्टीको नाममा अराजक प्रबिर्तीको खुलेर बिरोध गरिन्छ ओखलढुंगाको एक उच्च नेताले चेतावनी दिएका छ्न ।

सिताराम गुरुङ माथी अन्याय

ओखलढुंगाको राजनीति इतिहासमा अमिट छाप छाडेका जिल्लाका बरिस्ठ नेता सिताराम गुरुङको पार्टी सदस्यता नवीकरण नगरेको भन्दै तमाम कार्यकर्ताले आक्रोश पोखेका छ्न । पार्टीको केन्द्रिय कमिटीले स्थानीय तहको निर्बाचनमा बागी उम्मेदवार दिएकाहरुको कारबाही फुकुवा गरेपनी ओखलढुंगाको राजनीति मियो गुरुङको सदस्यता रोक्नु आफै सकिनु हो एक कार्यकर्ताले भने ।  हामी यो कदमको प्रतिपाद गर्छौ भन्दै उनले भने सिताराम गुरुङ सकाउछु भन्नेको राजनीति भबिस्य ओझेलमा पर्ने छ ।