नेपाली काङ्ग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समितिद्वारा खेलाडी सम्मानित !

नेपाली काङ्ग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समितिद्वारा खेलाडी सम्मानित !

नेपाली काङ्ग्रेस ओखलढुंगा – काठमाडौ उपत्यका सम्पर्क समितिले खेलकुदमा योगदान गरेका जिल्लाका खेलाडीहरुलाई सम्मान गरेको छ । खेलकुदले देशको शिर उच्च बनाउन भुमिका खेलेको, ओखलढुंगाको गौरव बढाउने काम गरेको भन्दै मुमाथाईका विश्व च्याम्पियन गुणराज बिश्वकर्मा र भलिबलको राष्ट्रिय खेलाडी सुनिता खड्कालाई सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीलाई पार्टी केन्द्रिय उपसभापति प्रकाशमान सिह, केन्द्रिय सदस्य रामहरि खतिवडा, पार्टी सभापति तेजेन्द्र खनाल लगाएतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुने खेलाडीद्वय बिश्वकर्मा र खड्का सुनकोशी गाउँपालिका बासी हुन । उनिहरु दुबै नेपाली सेनामा कार्यरत छ्न ।