ओखलढुंगाका नेता राईले तरुण दलको केन्द्रिय कार्यालय बनाउन गरे आर्थिक सहयोग

ओखलढुंगाका नेता राईले तरुण दलको केन्द्रिय  कार्यालय बनाउन गरे आर्थिक सहयोग

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यलय भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेस ओखलढुंगाका महासमिति सदस्य नवीन राईले आर्थिक सहयोग गरेका छन् ।
नेपाल तरुण दलको काठमार्डौमा बसेको वैठकले दलको भवन बनाउने निर्णय गरेको थियो । आर्थिक सहयोग संकलन गर्ने क्रममा केन्द्रीय सदस्य राईले २ लाख 55 हजार सहयोग रकम अध्यक्ष विद्वान गुरूङलाई प्रदान गरेका छन् । नेपाल तरुण दलको भवन रवि भवन काठमाडौंमा बनाइने भएको हो ।
नेपाली काङ्ग्रेस ओखलढुंगाका जनप्रीय नेता राई सामाजिक कार्यमा अगाडी छ्न । आफ्नो जिल्लाका सयौं क्षेत्रमा आर्थिक सहयोग गरेका राई आर्थिक अनुशासनमा पारदर्शी समेत छ्न । उनी गरिब तथा असाह्यका साहरा हुन ।
यसै बिच आर्थिक संकलनका क्रममा अहिलेसम्म ७८ लाख रुपैंया संकलन भएको अध्यक्ष गुरूङले जानकारी दिए ।