एमाले ओखलढुंगा जिल्ला अधिबेशन अपडेट: केपी ओली र ईश्वर पोखरेल समुहको तिब्र चलखेल !

एमाले ओखलढुंगा जिल्ला अधिबेशन अपडेट: केपी ओली र ईश्वर पोखरेल समुहको तिब्र चलखेल !

काठमाडौं । नेकपा एमाले ओखलढुंगाको जिल्ला अधिबेशन यहि चैत्र 26 र 27 गते हुने भएको छ । जिल्ला अधिबेशनको समय एक हप्ता बाकी रहदा सम्म काठमाडौमा हुने कोठे छलफलबाट सहमतिमा नेतृत्व छान्न्न असफल भएको हो ।

जिल्ला अध्यक्षको लागि पार्टीका दुई खेमा यज्ञराज सुनुवार-किसोर अधिकारी र अमीर गुरुङ समुहको छुट्टाछुट्टै दाबी यथावत रहेको छ । दुबै समूह अध्यक्ष आफ्नो समुहले पाए अन्य पदाधिकारीको सेट दिन तयार भएका हुन ।
सुनुवार, अधिकारी समुहबाट अध्यक्षमा हर्कबोल राईलाई अगाडी सारिएको छ उनको विकल्पमा जान नसकिने अन्तिम निष्कर्ष यो समुहको छ भने गुरुङ समुह नानिबाबु बुढाथोकी वा ज्ञानबहादुर खड्का ( जिबी ) मध्येबाट सहमती खोज्नु पर्ने अडानमा छ ।
पार्टीका केन्द्रिय सदस्यद्वय सुनुवार र अधिकारी समूह मनि मसलले ओखलढुंगाको राजनीति धरासायी हुने भन्दै कार्यकर्ताको एकता र मनोभावनालाई जोडतोडले प्रस्तुत गर्ने र एकताको सन्देश दिने अभियानमा लागेको छ । पार्टी अध्यक्ष केपी ओलीको साथ सपोट पाएको यज्ञराज, किशोर समुहमा जिल्लाका सिनियर राजनीतिक नेता हर्कबोल राई, सकुन्तला राजभण्डारी, उत्तम राई, मणिराज राई, मोहन श्रेष्ठ, सिताराम गुरुङ, जालान्धर कार्की, टंकलाल गिरी, मोहन श्रेष्ठ, खड्क बहादुर कार्की, शेखर भट्टराई, अस्मिता थापा, सुमन घिमिरे, तिर्थ सुवेदी लगाएतका छ्न । पार्टी अध्यक्ष शङ्कर कटवाल, सचिब कमल न्यौपानेले समेत अन्तिम साथ दिने आश्वासन दिएका कारण यो समूह मजबुत रहेको श्रोतको भनाइ छ । ओलीको निर्देशन अनुसार पार्टीको जिल्ला संरचना बनाउने सुनुवार पक्षको तयारी छ ।
उता पार्टीका उपाध्यक्ष ईश्वर पोखरेलको साथ अमिर गुरुङ समुहलाई रहेको कारण जिल्लामा केन्द्रिय गुट हाबी भएको आम बुझाई छ । आफ्नो पुर्खा ओखलढुंगाको रहेको भन्दै ईश्वर पोखरेलले एमालेको राजनीतिमा आफ्नो विशेष भुमिका खोजिरहेका छ्न । जिल्लामा पकड जमाउन सके केपी ओली भन्दा पछिको नेता आफू बन्न सक्ने पोखरेलको दाउ रहेको कारण राजनीति सहमति हुन नसकेको कार्यकर्ताको बुझाई छ । ईश्वर पोखरेलले त हरेक नेताहरुलाई फोन गरेर भबिष्यमा आफू अध्यक्ष हुने भएकाले आफ्नो समुहमा आए राजनीति संरक्षण गरिदिने आश्वासन समेत दिएको दाबी एक नेताको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष र उपाध्यक्षको स्वार्थका कारण ओखलढुंगा अधिबेशन रोचक बन्दै गएको छ । तर न्युनतम सहमतिको खाका बनाएर दुबै समुह मिलेर जाने गरि छलफल अगाडी बढेको पार्टीका नेता जालन्धर कार्कीले बताएका छ्न । पार्टीका अर्का नेता नानिबाबु बुढाथोकीले भने (दुलि,देम्बा, सुनकोसी) दुधकोशी, लिखु- खिजिबेम्बा सुनकोशी मिसिन्छ सहमतिमा नेतृत्व छानिन्छ भन्दै आफू सहमतिको पक्षमा उभिने प्रष्ट पारे । उनले थपे गुटगत रुपमा हुने अधिबेशनमा मेरो उपस्थिति हुने छैन । उता लिखु गाउँपालिका उपाध्यक्ष तथा एक शसख्त महिला नेतृ अस्मिता थापाले आफू सहमति होस भन्ने पक्षमा निरन्तर लाग्ने कार्यकर्ता भएकाले सहमतिको विकल्प सहमति नै रहेको प्रतिक्रिया दिएकी छिन ।
यो अधिबेशनले जुन सुकै रुप लिए पनि जालन्धर कार्की, सुमन घिमिरे, अस्मिता थापाले राजनीति छलाङ्ग मार्ने छ्न ।
सितारामको पक्षमा नेता एक मत
सिताराम गुरुङको पार्टी सदस्य नवीकरण नगरेको भन्दै आक्रोश पोखिरहेका पार्टीका तमाम कार्यकर्ताको प्रभाव अधिबेशनमा समेत पर्ने भएको छ । पार्टीका नेताहरु मध्ये बौद्धिक, पार्टी सङ्गठनमा बफादार, अन्तर पार्टीका नेता कार्यकर्ताको समेत साहनुभुती भएका एक नेतालाई पार्टी सदस्यताबाट रोक्न खोज्नु किमार्थ सह्य नहुने आक्रोश बढिरहेको छ । जुन मनसायले रोकेको भए पनि बदमास गर्ने समूह पहिचान गर्न पार्टी सक्षम हुने सिताराम गुरुङले बताए । उनले भने पार्टी सदस्यता रोकेको विषयमा जिल्लाका सम्पुर्ण नेता, कार्यकर्ताको आक्रोश छ मेरो समर्थनमा एक जुट छ्न ।