प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

काठमाडौं, १० बैशाख । हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ । आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए। उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्। आजको कान्तिपुरमा खबर छ ।